Posts

यी ३ राशिहरुको चम्किदैछ भाग्य, हेर्नुहोस आज वैशाख ०८ गते शनिबारको राशिफल

Bikash Tamang

 


 बि.सं.२०८१ वैशाख ०८ गते शनिबार ई.सं.२०२४ अप्रिल २० नेपाल सम्बत ११४४ चौलाथ्व द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु

। आज नेपालमा सूर्योदय बिहान ०५: ३४ बजे, सूर्यास्त साँझ ०६: ३१ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

 कमजोर मुटु भएकोले नहेर्नुहोला !   

 ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज छन्द दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– श्रम परे पनि कामकाे नतिजाले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। 

आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।


 मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। 

कामको अवसर प्राप्त भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। 

अरूको भरपर्दा काम बिग्रन सक्छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

भिडियो हेर्नुहोस 

 परिस्थितिवश आँटेको काम गर्न बाधा पर्ने देखिन्छ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। 

मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। 

काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।

 बोली र विचारका प्रशंसकहरू बढ्नेछन्।

भिडियो हेर्नुहोस  

रमाइला क्रियाकलापमा सहभागी बन्ने अवसर जुट्नुका साथै मान–सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर पनि उपलब्धि हात पार्न सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। साथीभाइको सहयोगले काममा हौसला जाग्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। पहिलेका कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। तर, खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले निकै पछि परिनेछ। पछिल्लाे समयका लागि केही वस्तु त्याग्नुपर्ला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइने समय छ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। व्यापार तथा पेसा–व्यवसायमा मनग्य धन आर्जन गर्न पनि सकिनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्ने समय छ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– मेहनत गर्दा भाग्योन्नतिको समय छ। समुदायको हितमा केही काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :–स्वास्थ्य प्रतिकूल रहने सम्भावना छ, आहारविहारमा ध्यान पुर्याउनुहोला। सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अवसर गुम्न सक्छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। फाइदा नभए पनि कामको चाप बढ्नेछ। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। नियमित काम बिग्रने भयले सताउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। साथीभाइकाे सहयोग र उपहारसमेत पाइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुने सम्भावना छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाउँदै अघि बढ्ने समय छ। गोपनीयता बाहिरिनाले केही समस्यामा भने परिएला। फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ। प्रयत्न गर्दा पछिका लागि कुनै विशेष काम थालनी गर्न सकिनेछ।

Post a Comment

Cookie Consent
We serve cookies on this site to analyze traffic, remember your preferences, and optimize your experience.
Oops!
It seems there is something wrong with your internet connection. Please connect to the internet and start browsing again.
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.